Sunday 17th May 2026

केपी ओलीले १४ वर्ष जेल बस्दा उखानटुक्का मात्रै सिकेछन- भिम रावल


नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलको प्रतिनिधिसभा विघटन असंवैधानिक र लोकतन्त्रविरोधी कदम भएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा गरेको संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले मुगु सदरमुकाम गमगढीमा आयोजना गरेको विरोध सभामा उनले व्यंग्यात्मक शैलीमा भने, ‘केपी ओलीले १४ वर्ष जेल बस्दा लोकतन्त्रको पाठ नसिकी खाली उखानटुक्काको पाठ मात्रै सिकेका रहेछन् ।’

प्रतिनिधिसभा विघटनले ओली लोकतन्त्रको रक्षक नभई लोकतन्त्रको विरोधी र उखानटुक्के व्यक्ति मात्रै भएको पुष्टि गरेको रावलको दाबी छ । ओलीको कदमले जनतामा निराशा छाएको भन्दै रावलले आफूहरू गलत काम सच्याउने अभियानमा रहेको जिकिर गरे ।

ओलीले नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बाल्न गएको भन्दै रावलले भने, ‘यति ठूलो गल्ती पशुपतिमा बत्ती बालेर पखालिँदैन ।’
प्रधानमन्त्रीको कदमविरुद्ध चौतर्फी विरोध भएको भन्दै रावलले गलत प्रवृत्तिको विरुद्ध सधैँ खडा हुने बताए ।

करिब ४६ मिनेट सम्बोधन गरेका रावलले ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको जिकिर गरे । जनजीविका सम्बोधन गर्न र कोरोना महामारीमा काम गर्न ओली सरकारले नसकेको उनको दाबी छ । सभामा जिल्लाका चारवटा स्थानीय तहका सयौँ नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...