Saturday 13th December 2025

माछा खाएपछि वा खानु अघि दुध कहिल्यै नपिउनुहोस, छालाको रोग लाग्ला !


तितोपाटी – माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ ।

आयुर्वेदमा माछा खाएपछि दुध पिउनु र दुध पिएपछि माछाको सेवन गर्नु दुबै स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ । यदि तपाईं पनि माछा खाएपछि दुध पिउनुहुन्छ भने तपाईंलाई ल्यूकोडर्मा हुनसक्छ । यो एउटा छाला रोग हो जसमा साना सेता दाग देखिन्छन् जुन समयसँगै बढ्दै जान्छ ।
आयुर्वेदमा दुधसँग अन्य केही खानेकुरा पनि नखान सल्लाह दिइन्छ ।

– दुधसँगै दहीको सेवन नगर्न सुझाइन्छ । यी दुई एकैपटक खाँदा छाला रोग निम्तिने गर्छ ।

– कटहर खाएपछि र खानुअघि दुध पिउनुहुन्न किनभने दुध र कटहर मिलेर रियाक्सन गर्नसक्छ जसका कारण तपाईंलाई विभिन्न प्रकारको छाला रोग लाग्नसक्छ ।

दुधसँग तिल पनि खानुहुँदैन ।

दुधसँग अमिलो खानेकुराको सेवन हानिकारक मानिन्छ ।

नुन र नुनयुक्त कुनै पनि खानेकुरा दुधसँग कहिले खानुहुँदैन ।


सम्बन्धित शीर्षकहरु

ट्रम्पले भने कि थाइल्याण्ड र कम्बोडिया घातक झडप पछि युद्धविराम नवीकरण गर्न सहमत छन् पाँच दिनदेखि सीमापार लडाईं जारी रहेको…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागका लागि तोकिएको १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट वरिष्ठ सल्लाहकार राजु कार्कीलाई समानुपातिक सांसदका लागि…

तितोपाटी -पाल्पाको निस्दीस्थित मित्याल-अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी-४ मित्याल चिउरेबासमा आज बिहान जिप दुर्घटना भएकाे छ । अरूणखाेलाबाट निस्दी हुँदै रामपुर…

प्रतिकृयाहरू
...