Sunday 2nd August 2026

परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भ्रमणका लागि भारत प्रस्थान


तितोपाटी- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज तीनदिने भारत भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेका छन् । उनी केही बेर अघि भारत प्रस्थान गरेका हुन् ।

उनले आज र भोलि भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिने कार्यक्रम छ ।

बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी भएका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...