Tuesday 27th January 2026

परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भ्रमणका लागि भारत प्रस्थान


तितोपाटी- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज तीनदिने भारत भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेका छन् । उनी केही बेर अघि भारत प्रस्थान गरेका हुन् ।

उनले आज र भोलि भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिने कार्यक्रम छ ।

बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी भएका छन् ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...