Saturday 20th June 2026

उडेको ४ मिनेट मै विमान खस्यो


तोयानाथ उपेक्षित – ईन्डोनेशियामा हिजो त्यहाँका समय अनुसार अपरान्ह २ बजेर ४० मिनटमा यात्रु विमान हरायो । उक्त विमान उडेको ४ मिनट पछि नै हराएको थियो । पछि राडरले जाँच गर्दा विमान २० किलोमिटर पर मात्र पुगेर समुन्द्रमा खसेको पाईयो ।

त्यहाँ भारी बर्षाका कारण विमानले ३० मिनट ढिलो उडान भरेको थियो । सन १९८० देखि १९९० को दशकमा बनेको बोईंग ७३७ को प्राविधिक कमजोरी रहेको आरोप पनि लाग्दै आएको छ । सन २००३ मा ईन्डोनेशियामा स्थापना भएको श्रीविजय एयरलाईन्स को उक्त विमान २६ बर्ष पुरानो रहेको समाचारहरुमा उल्लेख गरिएको पाईन्छ ।

हिजो दुर्घट्नाग्रस्त जहाज को आसपासमा यस अघि सन २०१८ मा पनि अर्को जहाज दुर्घटना भएको थियो जुन समयमा १८९ जना यात्रुको निधन भएको थियो ।

जहाज तीस हजार फुट माथि बाट ३० मिनटमा समुन्द्रमा खसेको बताईन्छ । एक प्रत्यक्षदर्शी मछुवाराका अनुसार जहाँ जहाज समुन्द्रमा खस्दा विस्पोट भएको थियो ।

उक्त विमान मा यात्रारत यात्रु र विमानका कर्मचारी सवै ६२ जनाको निधन भएको समाचार छ ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...