Saturday 22nd August 2026

५० यात्रु सवार विमान बेपत्ता – इन्डोनेसिया


तितोपाटी- इन्डोनेशियाको राजधानी जकार्ताबाट पचास जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान बेपत्ता भएको छ । पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा श्रीविजय एयर बोइङ सेभेन थ्रि सेभेन उडेलगत्तै बेपत्ता भएको हो । एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । विमान दुर्घटनामा परेको आशंका गरिएको छ । बेपत्ता विमानको खोजी भैरहेको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ । यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा पनि बोइङको सेभेन थ्रि सेभेन दुर्घटनामा परेको थियो । इन्डोनेसियन एयरको सो विमानमा सवार सबै १ सय ८९ जनाकै मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...