Friday 14th November 2025

५० यात्रु सवार विमान बेपत्ता – इन्डोनेसिया


तितोपाटी- इन्डोनेशियाको राजधानी जकार्ताबाट पचास जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान बेपत्ता भएको छ । पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा श्रीविजय एयर बोइङ सेभेन थ्रि सेभेन उडेलगत्तै बेपत्ता भएको हो । एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । विमान दुर्घटनामा परेको आशंका गरिएको छ । बेपत्ता विमानको खोजी भैरहेको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ । यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा पनि बोइङको सेभेन थ्रि सेभेन दुर्घटनामा परेको थियो । इन्डोनेसियन एयरको सो विमानमा सवार सबै १ सय ८९ जनाकै मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...