Wednesday 8th April 2026

नेपाली परोपकारी संस्थाको सहकार्यमा नेपाली रक्तदाता संघ कुवेतको रक्तदान कार्यक्रम सम्पन्न


तीतोपाटी – नेपलाी रक्तदाता संघ कुवेतले नेपाली परोपकारी संस्था कुवेत सँगको सहकार्यमा एक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाइ स्वस्फुर्त रूपमा रक्तदान गर्न अभिप्रेरित गर्दै रक्तदान गराउँदै आएको नेपाली रक्तदाता संघले सोही क्रमलाइ निरन्तरता दिंदै आज ८ जनवरी २०२१ शुक्रवारका दिन कुवेतको सेन्ट्रल बल्ड बैंकम्मा नेपाली परोपकारी संस्था कुवेत संग सहकार्य गर्दै रक्तदानको कार्यक्रम सम्पन्न गरेको हो ।

“रगतले जोड्छ हामीलाई,रक्तदान जिवन दान” भन्ने मुलमन्त्र सहित गत सेप्टेम्बर महिनामा कुवेत नगरीमा गठन भएको नेपाली रक्तदाता संघ कुवेतले गठन भएको छोटो समयमा विभिन्न चरणमा रक्तदानको कार्यक्रम गर्दै छुटै पहिचान बनाउन सफल भएको छ । संघ सँग सम्वद्ध सदस्यहरूबाट मात्र नभएर कुवेतमा कार्यरत जो कोहीलाइ पनि रक्तदान गर्ने कार्यमा सरिक गराउँदै आएको संघले यस पटक परोपकारी संस्था सँग सम्वद्द मानिसहरू मार्फत रक्तदान गराएको हो ।

प्रवास नेपाली दाजुभाई तथा दिदीबहिनीहरु एक हुनुपर्छ,हरेक नेपाली समाज एकआपसमा जोडिदै संगै कदम चाल्दै अघि बढ्नु पर्छ ,समाजको लागी मिलेर संगै काम गर्नु पर्छ भन्दै प्रवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई परेको समस्यामा निरन्तर सहकार्य गर्ने उद्धेश्य सहित अगाडि बढ्ने कार्ययोजना बनाएको नेपाली रक्तदाता संघले संघका कार्ययोजनालाइ साकार पार्न कुवेत भित्र रहेका सम्पुर्ण संघ संस्थाहरू सँग सहकार्य गरेर अघि बढ्ने पनि संघका सचिव गुलाम नवि मन्सुरले कोसेलीन्यूज सँगको कुराकानीमा बताए ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...