Wednesday 21st October 2026

तारकेश्वरमा हेल्थ पोष्ट निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न


तितोपाटी- बुलन्द आवाजको अभियानद्वारा तारकेश्वरमा स्वास्थ्य चौकि भवन निर्माणका लागी गत शनिवारका दिन शिलान्याश गरिएको छ।

उक्त हेल्थपोष्ट अभियानका सन्चारकर्मी राजन नेपालेले बुलन्द मिडियाबाट पत्रकारीता गर्दै आएका छन् ।उनले पत्रकारिता सँग संगै समाजसेवा पनि गर्दै आएका छन् । नेपालले आफ्नै मुलुकमा अब युवाहरुले केही गर्नु पर्छ भन्ने हेतुले स्वास्थ्य चौकी निर्माण गर्ने अभियानमा लागेका छन।

नेपालले हेल्थ पोष्ट बनाउने अभियान थाले सँगै चर्चित सञ्चारकर्मी रबि लामिछाने,नागरिक समुहका अध्यक्ष निगम हुमागाई , नवजिवन परोपकार केन्द्रका अध्यक्ष दुर्गानाथ दहाल,सोही ठाउँका नेतृत्वहरु लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको आथित्यमा २०७७ साल पौष ११ गते उक्त हेल्थ पोष्टको शिलान्यास कार्यक्रम सम्पन्न गरेका छन् ।शिलान्यास कार्यक्रममा उपस्थित अन्य व्यक्तित्वहरुले मन्तव्य दिदैं सञ्चारकर्मी नेपाललाई बधाई साथै सहयोगी मनहरुलाई नमन व्यक्त गर्दै छिट्टै हेल्थ पोष्ट बनेको हेर्न पाउँने आशा व्यक्त गरेका छन् । उक्त कार्यक्रममा सञ्चारकर्मी रबि लामिछानेले सञ्चारकर्मी नेपालको प्रशंसा गर्दै सुभकामना दिएका छन् ।

“उर्जाशील जीवनको लामो समय (करिब २२ वर्ष) भारतमा बसेर बिभिन्न सुख,दु:ख हरू झेलेर आफ्नो मातृभूमिमै केहि गर्छु भन्ने अठोटले क्रियाशील संचारकर्मी नेपालको नेतृत्वमा बत्ति मुनिको ॲंध्यारो झैं भएको राजधानि काठमाण्डौं कै तारकेश्वरमा स्वास्थ्य चौकि भवन निर्माणका लागी शिलान्याश भएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...