Tuesday 30th December 2025

कविताः मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो -हरि शर्मा (गलकोटे कवि)


~मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो~🌷🙏🌺
~लोक छन्द: झ्याउरे~🌷🙏🌺

दुधमा नौनी काठमा आगो लुकेर बस्दछ
बाहिरी रूप हेरेर झट्ट कसले देख्दछ ?
इश्वर हाम्रो हृदयभित्र कुनामा बस्दछ
अज्ञानी जन बुझ्दैन किन ज्ञानीले बोल्दछ ।१।🌷🙏🌺

परोपकार परम धर्म शास्त्रले बोल्दछ
अरुको सेवा गरेमा मान्छे विशाल बन्दछ
धर्मको मर्म नबुझ्दाखेरि अन्योल पर्दछ
भौतिकवादी आजको मान्छे स्वार्थमा लिप्त छ ।२।🌷🙏🌺

भौतिक वस्तु सुखको श्रोत देख्दछ मानव
यसैको बश परेर जाँदा बेहोरा दानव
मानव अनि दानव भनी मान्छेको विचार
असल अनि खराब बानी बोकेको आधार ।३।🌷🙏🌺

पशु र मान्छे दुवैको एकै आहार बिहार
चेतना साथ भएको मान्छे गर्दछ विचार
बचाऊँं बाँचौ धर्मको मर्म भएको मानिन्छ
विवेक साथ भएको मान्छे श्रेष्ठमा गनिन्छ ।४।🌷🙏🌺

हरेक धर्म अनेक रूप ईशका मानिन्छ्न्
आखिर एकै ईशको रूप ज्ञानीले भन्दछ्न्
मानव बनी मानव बाँच्न सिकेमा उत्तम
हरेक धर्म राख्दछ सदा ज्ञानको चाहना ।५।🌷🙏🌺

स्वर्ग र नर्क पाप र पुन्य राम्रो र नराम्रो
अनेक थरी इश्वर मान्ने संस्कृति छ हाम्रो
मानव शक्ति प्रकृति पूजा इशको रूप हो
विष्णुको अनि शिवको पूजा मानव शक्तिको ।६।🌷🙏🌺

भनेमा कतै अनर्थ होला जस्तो त लाग्दैन
तापनि मान्छे खै किन होला सोचमा डुब्दैन
मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो
मानव किन गरेको होला मुसाको दौड त्यो ।७।🌷🙏🌺

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...