Friday 30th October 2026

‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ मा नेपालका सन्तोष साह रनर अप बने


विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह प्रतियोगिताको टप थ्री मा पुगेर रनर अप भएका छन् भने ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को उपाधि बेलायती सेफ आलेक्स वेवले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा सन्तोषले मास्टर सेफ को उपाधि हात नपारे पनि उनले नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गरेर विश्वमाझ नेपाली खानालाइ चिनाउन सफल भएका छन् ।

३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए ।

केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसके पनि निर्णायकहरू र नेपालीको मन जित्न सफल भएकोमा खुशी छन् ।

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाए । हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु चिनाए । नेपाली झण्डा फहराए । भादगाउँले र ढाका टोपी पहिरिए ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...