Thursday 20th August 2026

कोभिड विरूद्धको खोपबाट एएचआईभी पोजिटिभ देखिएपछि अष्ट्रेलियामा खोप परिक्षण रोकियो


तीतोपाटी -अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप परीक्षण रोकेको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्ड र बायोटेक कम्पनी सीएसएलले संयुक्त रूपमा निर्माण गरिरहेको खोपको प्रतिक्रिया नकारात्मक देखिएपछि परीक्षण रोकिएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार परीक्षणका क्रममा उक्त खोपले एचआईभी पोजिटिभको नतिजा दिएको थियो । अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणका लागि निर्माण गरिरहेको यो पहिलो खोप हो । प्रधानमन्त्री स्कट मरिसन र स्वास्थ्यमन्त्री ग्रेग हन्टले खोप परीक्षण रोकिएको पुष्टि गरेका छन् । परीक्षणका क्रममा गलत रूपमा एचआईभी पोजिटिभको नतिजा दिए पनि यसले त्यस्तो समस्या हुने कुनै खतरा नरहेको उनीहरुको भनाइ छ ।

अस्ट्रेलिया सरकारले युनिभर्सिटी अफ क्विन्सल्यान्ड र सीएसएलले निर्माण गरिरहेको उक्त खोप सफल भएमा कम्तीमा ५ करोड डोज खरिद गर्ने सम्झौता गरेको थियो । तर खोप परीक्षण रोकिएसँगै उक्त कम्पनीले अस्ट्राजेनेकका तथा अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप २ करोड डोज निर्माण गर्न लागेको जनाइएको छ ।

सरकारले अब अन्य कम्पनीले निर्माण गरेका खोप उपलब्ध गराउने प्रधानमन्त्री मरिसनले बताएका छन् । स्वास्थ्यमन्त्री हन्टले अस्ट्रेलियाले १४ करोड डोज खोप खरिद गर्ने निर्णय गरिसकेको जनाएका छन् । अस्ट्रेलियामा कोभिड–१९ बाट संक्रमित भएका २८ हजारमध्ये ९ सय ८ जनाले ज्यान गुमाइसकेका छन् भने ४९ जना निको हुन बाँकी छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

प्रतिकृयाहरू
...