Thursday 2nd July 2026

इटलीका विश्वकप विजेता पाउलो रोसीको ६४ वर्षको उमेरमा निधन


तीतोपाटी – विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको हो । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए ।

इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएपछि उनी आफ्नै देशमा फुटवलको कमेन्टेटरका रुपमा क्रियाशिल रहेका थिए ।
इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत काम गरेका रोसीलाई इटलीका विश्व प्रसिद्ध सफल खेलाडीका रुपमा चिन्ने गरिएको छ ।

युुभेन्टस् र एसी मिलानबाट व्यवसाहिक फुटबल खेलेका रोसीले दुुईपटक सिरिए उपाधि र युरोपेली कप पनि जितेका थिए । उनले आफ्नो करियरमा इटलीका लागि ४८ वटा अन्तर्राष्ट्रिय खेल खेले, जसमा कुल २० गोल गरे । उनको निधनमा शोक व्यक्त गर्दै इटलीको फुटबल महासंघले आधा झण्डा झुकाउने भएको छ । उनको निधनप्रति खेलाडी, सुभेच्छुक, उच्च पदस्थ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...