Wednesday 31st December 2025

पछिल्लो २४ घण्टामा १२१७ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल दुई लाख ३१ हजार ६ सय १ जना संक्रमित निको भएका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १८ लाख १३ हजार २ सय ४ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ५ सय १५ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...