Saturday 25th April 2026

पछिल्लो २४ घण्टामा १०५६ कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल दुई लाख ३० हजार ५ सय ३७ जना संक्रमित निको भएका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ५ हजार ९ सय ७२ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ५ सय २५ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...