Monday 22nd June 2026

पछिल्लो २४ घण्टामा १०१४ कोरोना संक्रमित थपिए, थप २० जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल दुई लाख २७ हजार ४ सय ३३ जना संक्रमित निको भएका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १७ लाख ९० हजार ७ सय ३९ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ५ सय २७ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

प्रतिकृयाहरू
...