Thursday 23rd July 2026

कविताः मित्रता – छन्द:स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


जीवनी बागमा काव्यको फूलमा
शीतको साथमा मित्रता रातमा
गायिका नायिका बागमै मस्त छ्न्
दु:खमा दुख्दछ्न् गीतमा नाच्दछ्न् ।१।🌷🙏🌺

जोसुकै बागमा आउने गर्दछ्न्
वागमै भुल्दछ्न् डुल्दछ्न् रम्दछन्
काव्यका फूलमा लट्ठ छ्न् माहुरी
फूलको माधुरी लुट्दछन् बेसरी ।२।🌷🙏🌺

स्वार्थको साथमा मित्रता गाँस्दछ्न्
स्वार्थका पारखी स्वार्थमा डुब्दछ्न्
नक्कली घारमा माहुरी छोप्दछ्न्
माधुरी मातको मूल्यमा बेच्दछन् ।३।🌷🙏🌺

स्वार्थको मित्रता फाइदा काइदा
काँकरी थाँकरी थाँकरी फाइदा
स्वार्थले मित्रता सुस्तरी झाँगियो
स्वार्थको आडमा बेसरी टाँसियो ।४।🌷🙏🌺

गिध्दको साथमा गिध्दकै मित्रता
कागको कोइली साथमा शत्रुता
जीवनी खेतमा शास्त्रको फूल त्यो
नीतिको ज्ञानको वासना फैलियो ।५।🌷🙏🌺

हरि शर्मा
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...