Monday 22nd June 2026

पछिल्लो २४ घण्टामा १४९० कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा १४ सय ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १४ सय ९० सहित संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ।

मन्त्रालयका अनुसार आज १ हजार ५६७ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ। देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ५४७ जनाको उपचार भइराखेको छ।


सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...