Wednesday 21st October 2026

पछिल्लो २४ घण्टामा १४९० कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा १४ सय ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १४ सय ९० सहित संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ।

मन्त्रालयका अनुसार आज १ हजार ५६७ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ। देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ५४७ जनाको उपचार भइराखेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...