Tuesday 8th September 2026

गजल -हरि शर्मा (गलकोटे कवि)


बहर: मुतकारिब मुसम्मन सालिम
१२२ १२२ १२२ १२२

डुलायौ भुलायौ बनायौ भकुन्डो
डुलेकी कता छौ लगाई मुकुन्डो ।१।🌷🙏🌺

डुबायौ पिडामा टुटायौ निशानी
रहेछौ सहेली भिरैको चिचिन्डो ।२।🌷🙏🌺

लडायौ कुनामा बनायौ तमासा
सुटुक्कै गरेकी तयारी कुसुन्डो ।३।🌷🙏🌺

उजेली चमेली जुनेली मिलेका
समाई उजिन्डो बनायौ उभिन्डो ।४।🌷🙏🌺

अरौटे भरौटे चुरौटे कुरौटे
मिलेरै बनायौ मलाई चिचिन्डो ।५।🌷🙏🌺

हरि शर्मा (गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

प्रतिकृयाहरू
...