Saturday 31st January 2026

साप्ताहिक राशिफल ( असार २९ देखि साउन ३ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

झन्झटिला काम आइलाग्दा मनमा निराशाले डेरा जमाउन सक्छ । योग, ध्यान एवं शारीरिक कसरतले आलस्यताबाट मुक्त गर्न सहयोग पुर्‍याउनेछ । कुरा कम काम बढी गरे सार्थक उपलब्धि हात पार्न सकिनेछ । प्रेमिकाको झूटो आश्वासनमा पर्दा क्षति बेहोर्नुपर्ने हुन सक्छ । साताको अन्त्यमा घरायसी व्यवहारमा समय व्यतीत होला ।

वृष

व्यवसायमा प्रबल नेतृत्व गर्ने अवसरसहित जिम्मेवारी प्राप्त हुनेछ । कार्य सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ महसुस होला । कार्यव्यस्तताका बाबजुद घरपरिवारका लागि पनि समय दिनुपर्ला । विपक्षीको छलकपट तथा जालझेलबाट भने सावधान रहनुपर्नेछ । साताको उत्तराद्र्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

मिथुन

सामान्य मनमुटावमै टाढि…एका प्रेमी–प्रेमिकाबीच विश्वासिलो वातावरण सिर्जना हुनेछ । आकस्मिक यात्रा हुन सक्छ । तपाईंको मेहनत, कर्मठता एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् ।

कर्कट

आफ्नो प्रतिभाका कारण पुरस्कृत हुने योग छ । उथलपुथलपूर्ण पारिवारिक वातावरणबाट मुक्ति पाउन केही समय कुर्नुपर्नेछ । मन मिल्नेहरूको विश्वासमा परी कार्य सम्पन्न गर्दा कतिपय काममा धोका हुन सक्छ । तथ्य कुरा पत्ता लगाउन सके विपरीत परिस्थितिको सामना गर्न सकिनेछ ।

सिंह

नम्रतापूर्वक व्यवहार गरे तपाईंको विचारले समर्थन पाउनेछ । विदेश अध्ययनका लागि कदम चालिनेछ । नजिकका नातेदारले आफ्ना भनाइ नसच्याउँदा तिक्तता बढ्न सक्छ । मोबाइल, नगद वा गरगहना गुमाउन सक्ने सम्भावना भएकाले चनाखो रहनुहोला ।

कन्या

लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार प्राप्त गर्न सकिनेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन् । धैर्यताका साथ काम सम्पन्न गर्न सकिएला । टाढा भ…एका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ ।

तुला

आम्दानीको दिगो स्रोत पहिल्याउन सकिएला । सवारी साधन खरिदगर्ने प्रक्रिया अघि बढ्नेछ । नाम र धनले चुनौती निम्त्याउन सक्छ । समय बलवान् भए पनि प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुपर्ने होला । मनोरञ्जनका क्रममा भेटिएमा मित्रहरूले तपाईंबाट फाइदा उठाउन सक्छन् । संयमित व्यवहारमा जोड दिनुहोला ।

वृश्चिक

पैतृक धन उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । विदेश जाने प्रक्रियामा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । प्रेमसम्बन्धमा सावधानी अपनाउन सक्नुपर्छ । पारिवारिक खिचातानीले आफ्नो काम ओझेलमा पर्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यमा ध्यान दिनुहोला ।

धनु

सरकारी सेवामा अवसर पाइनेछ । भूमि तथा सवारी साधन प्राप्त हुने सम्भावना टरेको छैन । स्थान परिवर्तनको संयोग जुट्न सक्छ । पारिवारिक सम्बन्धमा मिश्रित फल प्राप्त हुनेछ । सोमबारपछिका दिनमा पूर्वमित्रहरूसँग भलाकुसारी हुनेछ ।

मकर

भविष्यको चिन्ताले सताउनेछ । मित्रहरूले समयको मूल्यलाई उपेक्षा गर्नेछन् । आशालाग्दा काम सम्पन्न गर्न सकिनेछ । विभिन्न यात्राको योग भए पनि त्यो लाभदायक नहुन सक्छ । मनोरञ्जनका क्रममा अपजसको सामना गर्नुपर्ला ।

कुम्भ

साता खर्चिलो रहनेछ । प्रेमी वा प्रेमिकाका लागि पनि खर्च गर्नुपर्ने हुन सक्छ । कार्य क्षेत्रमा जिम्मेवारी प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । भ्रमणका क्रममा अत्यावश्यक खर्चको जोहो गरी राख्नु उचित हुन्छ । नीलो रंगले शुभ फल दिलाउन सक्छ ।

मीन

व्यवसायले विदेशयात्राको अवसर जुटाउन सक्छ । मन ठूलो लगानीतर्फ आकर्षित होला । हितैषीहरूसँग पहिलेका कमजोरीहरू सच्याउँदै पुन: सुमधुर सम्बन्ध बनाउन सकिनेछ । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित हुनेछ । धेरैको प्रशंसा बटुल्दै अरूको मन जित्न सकिएला । समाजसेवातर्फ लागिनेछ । विशेष कामको जग बसाउन केही समय कुर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...