Wednesday 31st December 2025

नेपालमा पछिल्लो २४ घण्टामा १३०४ जनामा कोरोना पुष्टि


तितोपाटी- अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला र ८०३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । कुल संक्रमितमध्ये १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७३ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म २ लाख १६ हजार ५९४ जना संक्रमित निको भएका छन् ।
त्यस्तै, आज थप २१ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १ हजार ५२९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...