Wednesday 12th February 2025

१६१४ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु


तितोपाटी- नेपालमा आज थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १ हजार ४ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा थप १ हजार ४ सय ३७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ९ हजार ४ सय ३५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै हाल १६ हजार ७ सय ९३ जना आइशोलेशनमा छन् भने ६ सय ८० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले प्यालेस्टाईनीहरुलाई जोर्डन र ईजिप्टमा स्थानान्तरण गराएर गाजाँ लाई के गर्न चाहान्छन भन्ने कुरा रहस्य मै…

आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको…

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

प्रतिकृयाहरू
...