Saturday 11th July 2026

राष्ट्रपति पद सिंगो देशको अभिभावक कि पार्टी विशेषको ? -नारायण कोइराला


हुन त परदेशमा बसेर देश चलाउनेहरू संग धेरै बहस गर्ने हैसियत म राख्नदिन, राख्ने मन पनि छैन । न त मलाई यिनीहरूले अवसर दिए न त मैले नै यिहनीहरूसँग रोइकराइ गरें । कारण जे होस् म परदेशी भएं । आफ्नो पेट र बालबच्चा पाल्ने क्षमता छ म सँग ।

तपाईहरु जस्तो सातौं पुस्तालाई सम्पती जम्मा गरेर कलंकित हुनु पनि छैन। हजुरहरू महान हुनुहुन्छ,अनि रही पनि रहनु हुनेछ। हजुरहरु जेल जानु भयो प्रजातंत्र ल्याउन । हामी विदेश लायौ आफ्नो पेट पाल्न । कुरो त एउटै हो, हजुरहरू पनि परिवारबाट अलग हुनु भयाे हामी पनि प्राय:परिवारबाट अलग जो छौ ।

हजुरहरूले देश विकास गर्छौ भनी झुटो बोल्नु भयो हामीले सीधा तरिकाले भरोसा गर्यौ। हजुरहरुले मागेको जति दियौं। सांसद, मन्त्री उपप्रधानमन्त्री अनि प्रधानमन्त्री तर हामीले दुई /चार वटा प्रधानमन्त्रीको कुर्ची दिन सकेनौं,माफ गर्नु होला। यो पनि दिने थियौँ, हजुरहरुले आफैं बनाउनु भएको ब्यबस्थामा यो कुरा राख्नु भएन। यो हाम्रो गल्ती होइन।

हजुरहरू धेरै पार्टीमा विभाजन हुनुहुन्छ अनि भद्रभलादमी पनि हुनुन्छ । हजुरहरुलाई हामीले सके जति रेमिटेन्स पनि पठाएका छौं । हजुरहरू लाजै नमानी सुविधा लिनु जो भाको छ । अनि जब हामीमध्ये परदेशमा कसैलाई अप्ठारो पर्यो भने हजुरले पठाउनु भएका राजदुतहरु कता हुनुहुन्छ? हामीलाई खोज्न गाह्रो हुन्छ । जाबो एउटा फोन रिसिभ गर्ने राम्रो व्यावस्था सम्म पनि हुँदैन यहाँ । यदि फोन उठयो भने पनि बोल्ने तरिका सुन्दा अचम्म लाग्छ । न हजूर न तपाईं,आफैं मपाई।

न कुरा सुन्नु छ, न कुरा बुझ्नु छ, कस्तो घमन्ड हो यो? आफ्नो काम त राम्ररी गर्नु नी ।अब फेरि हामी बढी बोलियो भने फल्नाको मान्छे भनी हाल्छन । न सकिने भयो हाम्रो यो अवस्था चिरफार गर्न।

हैट !मत नेपालको कुरा गर्दा गर्दै यिनीहरूको पावर विदेश सम्म फैलिएको छ भन्ने तिर पो लागेछु।यसो कुरो गर्यो आफैं परदेशी भएर हो की ,कुरो परदेश तिर दौडीहाल्छ ।

अब हाम्रो देशको अभिभावक राष्ट्रप्रमुखको रूपमा रहेको राष्ट्रपति कुन प्रकृतिको हो? मेरो कानले सुनको अनि पढेको अनुसार राष्ट्रपति भइ सके पछि कुनै पार्टी विशेषको नभएर सम्पुर्ण देशवासी र सिंगो देशको हुनु पर्ने हो ।

अनि अब परिस्थिति हेरौं। के छ त? पूरा देशको अभिभावक भए पछि, नेताहरुको भागबन्डा मिलाउने की?जनताको दुःख सुख प्रति दुई शब्द बोल्ने? हजूर राष्टिय हितको कुरा गर्ने की नेताको कुर्चीको? देशमा कैयन बलात्कारका घटना हुँदा चुइक्क आवाज न आऊने राष्ट्रपति आज एउटा पार्टी मिलाउन किन यति सक्रिय?

म परदेशमा काममा व्यस्त हुँदा राष्ट्रपतिको कुरा सुन्न नसकेको हो कि सत्य यही हो? अनि हजुरलाई अनुरोध गर्न मिल्ने हो कि ? सक्नु हुन्छ भने भने जनता र नारी रक्षाको लागि केही गर्नु। अहिले हजूर पार्टीको होइन देशको राष्ट्रपति हुनुहुन्छ। यी कुरा त हामी जस्ता बाह्र घण्टा काम गर्ने मजदुरले सम्झाउन नपर्ने होला।

हजूर संग मदन भण्डारी जस्तो महान ब्यक्तिको कला र विचारको भण्डार छ। त्यसको सदुपयोग भयो भने केही परिवर्तन ल्याउन सकिन्छ की? या ” कहीं न भाको जात्रा हाँडी गाउँमा जस्तो मात्र हो।”

नारायण कोइराला
तानसेन पाल्पा
हाल ,यूएई।


सम्बन्धित शीर्षकहरु

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

काठमाडौंमा दलाई लामाको जन्मदिन मनाउने विषयलाई लिएर पछिल्लो समय विवाद उत्पन्न भएको छ। यो विवाद केवल एउटा जन्मदिन समारोहको विषय…

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

प्रतिकृयाहरू
...