Monday 6th May 2024

ब्यङ्ग्य कविताः लक्ष्मी भागिन् – छन्दः देवकोटा प्रिय -हरि शर्मा (गलकोटे कवि)


सर्जकहरु दर्शक श्रोता सम्पूर्ण सज्जन
तिहार आयो जंघार तरी बसेको सँघारमा
कामना राम्रो हजुर हाम्रो भनेर माग्दैछु
लक्ष्मीको साथ शारदा पनि साथैमा पुज्दैछु ।१।🌷🙏🌺

कोरोना शुरु भएको दिन रिसाई भागेकी
खै कता गईन् सुटुक्क गरी लुकेर बसेकी
मनमा पिडा नाचेको नाच्यै धपाई गएन
शारदा पूजा गरेँ र बसेँ अहिले सम्म म ।२।🌷🙏🌺

हिजोको साँझ लक्ष्मीको पूजा खुशीले गरेको
धनकी लक्ष्मी घरकी लक्ष्मी साथैमा पुजेको
शारदा देवी कुनामा बसी पुकार गरेकी
साहित्य तारा ती लक्ष्मी प्यारा नभुल भनेकी ।३।🌷🙏🌺

भुलेर पनि भुलिने हैन ती तीर्थमाधव
गौतम बुध्द जत्तिकै शक्ति बोकेका देवकोटा
नेपाली साहित्य आकाश माथि उदाए सविता
उनकै नाम पारेर लेखेँ प्रशस्त कविता।४।🌷🙏🌺

अमृका बास गलकोट जन्म म हरि शर्माको
घटना भन्छु हिजोको साँझ घरमा घटेको
लक्ष्मीको पूजा शारदा साथ साँझमा गरेको
गोरुको पूजा गर्नेको लागि आसन दिएको ।५।🌷🙏🌺

बिहान उठी पुलुक्क हेरेँ लक्ष्मी त भागिछ्न्
झसङ्ग भएँ सर्वत्र खोजेँ अदृश्य भईछ्न्
सबैको साथ गएर सोधेँ के लक्ष्मी त्यता छन्
कसैले पनि बोलेको छैन कसको साथ छन्।६।🌷🙏🌺

चोरको खुट्टा काट है भनी भनेको के थिएँ
चोरले खुट्टा हत्त न पत्त तानेको भेट्टाएँ
चोरको पत्ता लगाईदिने अनौठो जुक्ति यो
साहित्य तिर प्रयोग गर्दा सफल भेटियो ।७।🌷🙏🌺

धन्यवाद ।
हरि शर्मा
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...