Thursday 20th August 2026

सत्य कथाः तले बेडले दिएको पीडा -नारायण कोइराला


परदेशी साइलो म सधैं काम सिध्याएर आए पछि सानो कोठामा प्रवेश गर्दथें । कोठा सानो हामी भने छ जना । कामबाट आएपछि सबै आफ्नो धुनमा।खाना बनाउने चटारो अनि जसको फुर्सद छ उसलाई घरतिर कुरा गर्न हतार।

सानो कोठा अनि तले खाट । यसमा पनि तलामा को सुत्ने? भन्ने किचलो । सबै एक किसिमको मान्छे हुने कुरो पनि भएन । अलग विचार, बुद्धि अनी विबेकबाट त संसार चलेको छ। त्यसलाई शिरोधार्य गरी हाम्रो दैनिकी चलेको थियो।हामी खुसी पनि थियाैं ।

म तले खाटको माथिको बेडको होल्डर थिएँ । खाटमाथि जान जो मलाई दुःख थियो।अलि कति हल्लियो भने तलको साथीलाई गाह्रो। फेरि पनि कोसिस गर्थिए ,अप्ठारो नहोस् भनेर।
हामी सबै मिलिजुली बसेकै थियाैं ।

साँझको खानापछि आफ्नो बेडमा उकालो लागि हाल्द थिएँ । तल बेड हुनेलाई अलि सहज थियो। सिंढी चडनु नपर्ने । माथिबाट हेर्दा तलको अवस्था अनि अजीब किसिमको देखिन्थियो। सबको बेड मुनि मञ्जन बुरुस, झोलाहरू मानौँ सामान्य रूपमा घरमा चाहिने सबै सामान सबका बेड मुनि । यो अवस्था देखि हाँसो पनि लाग्थ्यो तर यो परदेशको बाध्यता थियो ।

एकदिन राति हामी खाना खाएर सुतेका थियाैं। मध्यरात तिर ड्याम्म आवाज आयो। म तर्सिए ए! के भयो? म तल झरे तले बेड बाट।साथी त निदमा माथिको बेडबाट तल पो खसेको रहेछ।
उस्को हातमा लागेको रेहेछ। ह्या!केही भएको छैन, उसले यति भने पछि हामी ढुक्क भयौ।
सबै आ-आफ्नो बेडमा गइयो ।भोलि फेरि डिउटी जानु जो थियो।

तेस्पछि मलाई निद परेको थिएन। म सोच्दै थिएँ । साथीलाई केही भएन । म खुसी थिएँ तर मेरो मनमा पनि डर उब्जिएको थियो, कुन बेला ? कसको दुर्घटना हुन्छ भनी । मनमा यो बेड छोडने दिन कहिले आउला भनी सोची रहेँ । सोच्दा सोच्दै बिहानी पख यसो आँखा लाग्नु भन्दा पहिला मोबाइलमा अलार्म बज्यो।
मेरो ड्युटी जान उठ्ने बेला भएछ। सोच्दा सोच्दै गयो, त्यो रात भनी आफ्नो बिहानीको नित्य कर्म तिर लागें।

तानसेन पाल्पा
हाल – युएई


सम्बन्धित शीर्षकहरु

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

प्रतिकृयाहरू
...