Wednesday 31st December 2025

कुवेतमा सडक दुर्घटनामा एकै कम्पनीका दुई नेपालीको मृत्यु


हरि कृष्ण न्यौपाने-कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको छ।मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन ।उनिहरु ४ नोभेम्बर,२०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त सडक दुर्घटनामा परेका हुन भने दुर्घटनामा अर्का एक बिदेशी नागरिक पनि परेका छन।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने”सिजिजिसी कम्पनीको स्टाफ बसलाई बिपरित दिशाबाट आएको अर्को सबारी साधनले ठक्कर दिदा उक्त सडक दुर्घटना भएको हो।घटनामा जाजरकोटका दिपक सिंह ठकुरिको ४ नोभेम्बर बुधबारकै दिन र पल बहादुर पुनको ५ नोभेम्बर बिहिबारको दिन उपचारको क्रममा मृत्यु भएको हामीलाई जानकारी प्राप्त भएको छ।” सिलवालले थपे” अर्का एक बिदेशी नागरिक पनि दुर्घटनामा परेका छन।उनिहरुको कम्पनिले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवार संग समन्वय गर्दै कानुनी प्रकृयामा दुताबास लाग्ने छ।”


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...