Wednesday 7th October 2026

अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा बाइडेनको अग्रता कायमै


तितोपाटी- अमेरिकी राष्ट्रपति निर्वाचनको अहिलेसम्मको नतिजामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्। फक्स न्युजका अनुसार कूल ४८.६ प्रतिशत मत गणना भइसक्दा बाइडेनले ४९.८ प्रतिशत मत प्रतिशत मत प्राप्त गरेका छन् भने डोनाल्ड ट्रम्पले ४८.६ प्रतिशत मत प्राप्त गरेका छन्।

कूल ५३८ इलेक्टोरल कलेजमध्ये बाइडेनले २२७ इलेक्टोरल मत प्राप्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २०४ इलेक्टोरल मत प्राप्त गरेका छन्।
सवैभन्दा धरै ३८ इलेक्ट्रोल कलेज टेक्सासमा छ। यहाँ जित हासिल गर्नुको अर्थ लगभग चुनाव जित्नु जस्तै मानिन्छ। यहाँ सन् १९७६ देखि डेमोक्रेटिकले जितेका छैनन्। जसले धेरै मत ल्यायो, उसैले यी सबै इलेक्ट्रोरल कलेज प्राप्त गर्नेछ। ७८ प्रतिशत मत गणना हुँदा ५२ प्रतिशत ट्रम्पले पाएका छन् भने ४६.६ प्रतिशत बाइडेनको छ।

त्यस्तै दुवै पक्षबीच कडा टक्कर भएको भनिएको फ्लोरिडामा भने ५२ प्रतिशत मत गणना हुँदा ६९.४ प्रतिशत मत बाइडेन र २८.८ प्रतिशत ट्रम्पले पाएका छन्।
बिबिसीका अनुसार बाइडेन डेलावर, मेरिल्याण्ड, म्यासाचुसेट्स, न्युजर्सी र डिस्ट्रिक्ट अफ कोलम्बियामा अगाडि देखिएका छन्।

वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने वेस्ट भर्जिनिया, ओक्लाहामा, टेनेसी, इण्डियाना र केन्टुकी राज्यमा जित्ने अनुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...