Wednesday 26th August 2026

नेकपा विवाद : शीतल निवासमा राष्ट्रपति भण्डारीसँग वामदेवको छलफल


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा शीतल निवासमा छलफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवासमा बोलाएर नेकपा विवादको विषयमा चासो राखेकी हुन्। मंगलबार दिउँसो ४ बजे शीतल निवास पुगेका उपाध्यक्ष गौतमले राष्ट्रपति भण्डारीसँग आधा घण्टा छलफल गरेका छन्। छलफलमा राष्ट्रपति भण्डारीले नेकपाको एकतामा गौतमको भूमिका महत्वपूर्ण हुने बताएकी छन्। राष्ट्रपति भण्डारीले विगतमा पार्टी विभाजनलाई रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको र अहिले पनि त्यही भूमिका आवश्यक भएको बताएकी हुन्।

जवाफमा नेता गौतमले नेकपा नफुट्ने र फुट्नबाट जोगाउन आफूहरु लागि परेको राष्ट्रपति भण्डारीसँग बताएका छन्। ‘राष्ट्रपति निवासमा उहाँको आधाघण्टा छलफल भयो’, गौतमका सहयोगी विश्वमणि सुवेदीले भने, ‘शीतल निवास भेटमा राष्ट्रपति भण्डारीले नेकपा भित्रको विवादको विषयमा चासो राख्नु भएको छ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मनमुटाव हुँदा पार्टी विभाजनको संघारमा पुगेको बताइएको छ । पार्टी विभाजनबाट जोगाउन प्रचण्डको साथमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयासमा ओली सक्रिय छन् ।

अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...