Wednesday 9th September 2026

गजल -राम भण्डारी


घटे छालमा उद्वेग पानीको बिस्तारै बिस्तारै ।
ढले सबै उन्माद जवानीको बिस्तारै बिस्तारै ।।

घुम्दैछन् ‌वरिपरी दृष्य आफ्नै नजर अगाडी
जलेर स्वप्न रास खरानीको बिस्तारै बिस्तारै ।।

समय को रफ्तार भन्दा केहि ढिलै भएपनि
बुझिदै हकिकत कहानीको बिस्तारै बिस्तारै ।।

सत्य,असत्य माथि ढाकछोप न टिके सरी
खुले रहस्य तिम्रो बानीको बिस्तारै बिस्तारै ।।

यो जिवनको उत्तरार्धमा पश्चाताप गरि गरि
हुँदैछ लेखाजोखा हानीको बिस्तारै बिस्तारै ।।

-राम भण्डारी
सिन्धुपाल्चोक, हाल काठमाडाैं


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...