Monday 21st July 2025

जनता समाजवादी पार्टी क्षेत्रीय पार्टी ( मधेस केन्द्रीत ) होइन, राष्ट्रिय पार्टी हो


मोती गुरूङ – अहिले नेपाली राजनीति अस्तब्यस्त रुपमा अगाडि बढिरहेकाे छ । विशेष गरी सत्तामा रहेका कम्युनिस्ट सरकारको भ्रष्टाचार ,अनियमितता ,अराजकता अनि भागबण्डा मै लिप्त रहेकाे आमजनताले छर्लंग रुपमा देखिरहेका छाै । काेराेना भाइरस संक्रमणले आक्रान्त पारेको यो दुखदप रिस्थितिमा सरकार माैन छ । जनताकाे स्वास्थ्य अधिकार प्रत्याभुत गराउन कुनै पनि प्रभाबकारी स्वास्थ्य नीति तथा याेजनाहरु अघि सारेकाे देखिदैन । स्वास्थ्य संकटकाे विषम घडीमा पनि सरकार पार्टीभित्रको फाेहाेरी राजनिति मै केन्द्रित रहेकाे छ ।स्वास्थ्य जस्तो जनताकाे माैलिक अधिकारको विषयमा सरकार एकदमै उद्धासीन देखिएकाे छ । यो नेपाली जनताहरुकाे नीम्ति अत्यन्तै दु:खद कुरा हाे र म ब्यक्तिगत रुपमा यसकाे घाेर भर्त्सना गर्न चाहन्छु ।

वर्तमान राजनितिलाई सर्सर्ती हेर्ने हाे भने सरकार जनताकाे लागि भन्दा पनि आफुभित्रकाेस्वार्थपुर्तीको लागि तल्लिन रहेकाे देखिन्छ। भ्रष्टाचारकाे कुरा गर्ने हाे भने एनसेल करछुट काण्डदेखिलिएर सुन काण्ड, ललिता निबास काण्ड, यति ,अेाम्नी ,वायट वडी खरित , प्रेस सेक्युरिटी मेसिनखरित, बुढी गण्डकी आयाेजना कमिसन , औषधि प्रकरणमा अनियमित जस्ता भ्रष्टाचारहरुकोसगरमाथा नै छ । सरकारले आफ्नाे तर्फबाट जुन जवाफदेही भएर अगाडि बढ्नुपर्ने हाे त्यसको उल्टोआफै घुस्खोरमा लिप्त भएको छ। सरकार लजास्पद शैलीमा आफै भ्रष्टाचारीहरूलाई कार्बाहीगर्नुको सट्टा जोगाउने काम गर्दैछ।जनताहरु माझ भ्रष्टाचार गरेकाे प्रमाण पेश गरिरहेकाे छ।

भ्रष्टाचार जस्ताे जघन्य अपराधकाे विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग रमिता हेरेरबसिरहेकाे छ। यो आयोग किन भ्रष्ट्रहरूलाई कार्बाही गर्नुको सट्टा रमिता हेरेर बसिरहेकाे छ ? नेपालकाे जति पनि यस्ता आयेागहरु छन सबै राजनैतिक भाग्वण्डाको आधारमा नियुक्ति रपरिचालन भएको हुन्छ। अनि कसरी वास्तविक भ्रष्टाचारीहरू डण्डित हुन्छ? र देशमा सुशासनकायम हुन्छ।यस विषयमा हाम्रो वैकल्पिक गौरवशाली पार्टी जनता समाजबादी पाटी नेपाल, ले भ्रष्टाचार न्यूनीकरणको लागि देशमा शक्तिशाली जनलोकपालको स्थापना गर्नु पर्छ । यसले देशकोकार्यकारिणी पद धारण गरेका ब्यक्तित्वहरुलाई समेत यदि भ्रष्टाचारमा मुछिएकाे प्रमाणित भयेा भनेकार्बाहीकाे दायरामा ल्याउनकाे लागि सहज बाटो खुल्छ।श-शक्ता जनलाेकपालकाे ब्यबस्था गरेरजतिपनि भ्रष्टाचारकाे काण्डमा मुछिएका छन । त्यसमा संम्लग्न सबै भ्रष्ट्रचारीहरूलाई कानुनवमोजिम दण्डित गर्नु पर्छ भन्ने जनता समाजबादी पाटी नेपाल , जाेडदार माग गर्दछ। भाेलिकादिनहरुमा समेत श-शक्त रुपमा अभियान चलाएर शक्तिशाली जनलाेकपाल गठन गरी भ्रष्टाचाररहित समुन्नत समाज निर्माण गर्दै समृद्धि र समाजवादको यात्रामा जसपा निरन्तर अघि बढिरहेकाेआम जनसमुदायलाई अवगत गराउन चाहन्छु ।

#के हाे जनलाेकपाल र नेपालमा किन आवश्यकता छ?

“Ombudsman“ को अर्थ जनरक्षक, लोकपाल भन्छ।”अम्वुड्सम्यान”शब्दको उत्पत्तिस्विडेनबाट भएको हो।सन १७०९ मा, “अम्वुड्सम्यान” को अर्थ प्रतिनिधि मूलक भन्ने हुन्छ।जनलाेकपालले सुशासन तथा कानुनी हकसंग जोडेर व्याख्या गरिएको पाइन्छ । यसलाईकर्मचारीतन्त्र तथा कार्यक्रम कार्यन्वयन गर्ने निकायहरूबारे उठ्ने जनगुनासा सम्बोधन गर्ने प्रभावशालीसंयन्त्रका रूपमा समेत लिइन्छ।कुनै पनि राजनैतिक पार्टीहरूको भागभण्डाको आधारमा नियुक्तिनभइ विशिष्ट ब्यक्तित्वहरुको एउटा छुट्टै किसिमकाे शक्तिशाली संस्था नै जन लाेकपाल हाे ।जनलाेकपालमा चुनिने प्रतिनिधिहरु राजनैतिक धरातालबाट नभइ स्वतन्त्रता रुपमा नागारिक समाज,राष्ट्रिय हकहितकाे लागि उच्च याेगदान दिइदै आइरहेका ब्यक्तित्वहरु, वुद्धिजीवी वर्गहरू र विषयविशेषज्ञ व्यक्तित्वहरूबाट गठन गरिनु पर्छ। यसरी गठित संस्था वा आयोगले मात्र कार्यकारिणी पदधारण गरेको व्यक्तिलाई पनि भ्रष्टाचारको दायरमा ल्याउन सकिन्छ।यस किसिमको निष्पक्ष , शक्तिशाली संस्था नै जनलाेकपाल हाे । ढाचा र कार्यनितिको हिसावले अख्तियार दुरुपयेागअनुसन्धान आयेाग जस्तै हाे तर जनलाेकपाल राजनैतिक नेतृत्वहरूको भागभण्डा गर्ने अखडाकाेरुपमा नभइ स्वच्छ र स्वतन्त्र साथै शक्तिशाली आयोगको रूपमा स्थापित गर्नु पर्छ र

छुटै अधिकार सम्पन्न जनलाेकपाल नेपालमा अति आवस्यकता छ किनकि वर्तमान अवस्थामा शक्ति , सत्ता र पहुँचमा रहेका व्यक्तिहरूले खर्वौ भ्रष्टाचार गरेर लाख रुपैँया धराैटी तिरेर जेल मुक्त हुन्छ। याे सं‌स्कारले भ्रष्टाचार नियन्त्रण गर्नुकाे साटा देशमा भ्रष्टाचार माैलाउन अझ मलजल तथाहाैसला मिलेकाे जस्ताे देखिन्छ ।पाकिस्तानमा भ्रष्टचार गरेको प्रमाणित भयो भने भ्रष्टाचारीमरिसकेको लासलाई पनि झुण्डाउने नियम छ।यस्तै नियम नेपालमा पनि बनाउनु पर्छ भन्ने मेराेब्यक्तिगत विचार अनि माग हो।

जनता समाजवादी पार्टी नेपालले उठाएको मुद्धाहरू जस्तै साशकिय स्वरूप प्रत्यक्ष कार्यकारीराष्ट्रपत्ति प्रणाली र समानुपातिक सांसद, संघीयता,सुशासन, समृद्धि र समाजवाद सहितको इन्द्रेणीराष्ट्रवादको बाटोमा पुग्नका लागि यी एजेण्डाहरूलाई कडाईका साथ लागु गर्नु पर्छ। यदि यसो गर्ननसकेको खण्डामा उही पुराना पार्टी कांग्रेस र कम्युनिस्टको अवस्थामा पुग्न सक्छ। समयपरिवर्तनशील छ। जसपाले सैद्धांतिक र व्यवहारिक पक्षबाट समानान्तर रूपमा यी एजेण्डा हरूकोकार्यन्वयन गरियोस। देश र जनताको उज्जल भविष्यका लागि शुभकामना छ। देशको पूराना प्रमुखपार्टी नामक नेकपा र नेकाले देश बिकास नै गर्ने हाे भने वि.सं २००७ साल यताको ७ दशककाेअन्तरलमा भएका विभिन्न राजनैतिक उत्तरचढापहरुमा अहिलेसम्म ति मुद्दाहरु उठाए पनि कुनै ठोसपरिणाम दिएको पाइदैन। उल्टो मुद्दाबिहीन हुन पुग्ये। दंश वर्षे जनयुद्ध पश्चात राजतन्त्रको अन्त भएसंगै बाध्यात्मकरुपमा लोकतान्त्रिक गणतन्त्र नेपाल, धर्मनिरपेक्ष नेपाल, संघीयता र जननिर्वाचितसंविधान सभा सुईकार गरेका पार्टीहरूबाट दिघोबिकास गर्छ भनेर आशा राख्नु भनेको आगो नभएकोभग्रामा आलु पोलेर खाने बराबर हो। यी मुद्धाहरुको जन्म दात्ता पुर्व प्रधानमन्त्री तथा जसपाकाप्रभावशाली नेता डा. बाबुराम भट्टराई नै हुन।हिजो आज बिकास , समृद्धि र समाजवाद को नारा सबैपार्टीको सम्मान मुद्ध नै बनेको छ। खुसी लागिरहेकाे छ । किनकि समृद्धिशाली नेपाल बनाउने नै हाम्राेचेष्टा हाे । अहिलेकाे सरकार जनताप्रति रत्तिभर पनि उत्तरदायी छैन । प्रमुख प्रतिपक्षकाे नाममानेपाली कांग्रेस लगायत अन्य दलहरुले केही भुमिका निभाएको छैन । देशको यो विकरालराजनीतिक, आर्थिक, सामाजिक अवस्थामा जनताहरुले परिबर्तनकाे आबास खोजिरहेको छ। बिकास ,समृद्दि र समाजवादको यात्रा अब सफलरूपमा जनता समाजबादी पाटी नेपाल ले गर्छ।सतहिक रुपबाट हेर्दापनि अहिलेकाे नेपालकाे अवस्था अत्यन्त नाजूक छ

Covid -19 ले छ/सात महिनाकाे लामाे लकडाउनकाे प्रभावले भाेकले जनता मरिरहेकाे अवस्था छ।लाखाै युवाहरु बेरोज़गार बनेको छ।१० /१५ लाख युवाहरु बिदेशबाट रोजगार गुमाएर नेपाल फर्किदैछ । याे अवस्थामा नेपालमा राेजगारकाे अवस्था सुन्य छ । देशकाे ग्रामीण अर्थतन्त्र सुतेको छ।बढ्दोबेरोजगारीको कारण र कोरोना महामारीकाे प्रभाव अनि त्रास छ।साँच्चीकै नेपालकाे अवस्था दयनीयछ । याे विषम परिस्थितिकाे बेला जनतालाई कसरी स्वास्थ्य सेवा दिने कसरी राेजगारकाे बाटाेसिर्जना गराइ जनजीवनलाइ सरल बनाउन सहयाेग गर्ने भन्ने बारे सरकार माैन भएर बसिरहेकाे छ ।निशुल्क रुपमा काेराेना बिरामीलाइ सहयेाग गर्नुपर्ने बेला निन्दानिय निर्णयहरु गरेर पिडितजनतालाई उपचार खर्च आफै गर भनेर आदेश दिएको छ ।सरकारले जनताकाे बाँच्ने अधिकारमाथिखेल्वाड गर्नु मानवताबिराेधी कार्य हो। कुम्भकर्ण रूपी सरकारलाई सबैले खवरदार गर्नु मानवीय कार्यहुने छ। सरकार उल्टाे बाटाे हिडिरहेकाे छ । सक्षम र जाेसिला युवाहरुलाई स्वदेशमै राेजगार सिर्जनागराउनुकाे साटाे खाँडी मुलुक लगायत युरोप एसियाकाे बिभिन्न देशहरुमा राेजगार संझाैता गर्नदिनरात खटिरहने सरकारको कार्यशैली छ । अनि हामीले फलानाे फलानाे देशहरुमा युवाहरुलाइराेजगारकाे लागि सम्झाैता गर्न सफल भएका छाै भनेर राष्ट्रीय दैनिक पत्रपत्रीका तथा मुख्य समचार र हेडलाइनमा लेख अनि बिज्ञापन लगायतका सामग्री प्रकाशन प्रशारण गरेर खुसी मनाएको देखिन्छसरकारी निकाय प्रमुख र हामी जनता । याे भन्दा निन्दनीय कुरा केहि पनि हुन सक्दैन । स्वदेशमाराेजगारीकाे अवसरहरू विस्तार गर्नु पर्ने सरकार तर ईतिहासकै शक्तिशाली सरकारकाे याे हर्कतहाम्राे आँखा अगाडि देखिनु दुर्भाग्य हाे त्यसैले अबकाे दिनमा बहुमतकाे सरकारकाे पनि कुनै भिजन रकुसल नेतृत्व विना केहि काम छैन भन्ने कुरा प्रमाणित भइसकेकाे छ । राजनैतिक नेतृत्व गर्नभिजनयवल ब्यक्ति चाहिन्छ भन्ने एउटा महत्वपुर्ण पाठपनि अहिलेकाे सरकारबाट आम नेपालीजनताहरुले सिक्यौं।

#जसपा पाटीलाइ मदेश केन्द्रित अनि जातिय पाटीकाे रुपमा हर्ने नजर नै गलत हाे

कुनै इतिहासकाे लामाे कालखण्डसम्म हलीमुहाली गरी रहेका पार्टी वा शक्तिहरूको नजरमा कुनै नयाँ शक्तिको / पार्टीको उदय हुदा जहिलेपनि तगारो बन्छ।अथवा कुनै मुद्धाहरू आक्षेप लगाएरतहसनहस बनाउने खेलमा लागिरहेकाे हुन्छ । जतिनै शक्तिशाली र एजेण्डाकाे हिसावले उत्कृष्ट रहेपनि गलत आक्षेप लगाएर कमजाेर बनाउने खेलमा लाग्नु स्वाभाबिक हाे । यस्ता घटनाहरु नेपालीराजनैतिक इतिहासमा नाैलाे कुरा हाेइन । नयाँ बन्ने पार्टी शक्तिशाली बन्छ र आफ्नो पार्टी कमजोर रसत्ताच्यूत हुने डर र उनीहरुकाे अस्तित्व हराउछ भन्ने चिन्ता हुन्छ । यसरी गलत भ्रमहरु फैल्याउछ ।यसैको परिणाम जनता समाजवादी पार्टी नेपालले भग्दैछ। यो धेरै टिक्दैन। कुनैपनि देश बिकासहुनकाे लागि त्यो देशभित्र रहेकाे सबै जातजाति समुदायहरुकाे समानुपातिक सहभागिताविना बिकाससम्भव हुदैन । हिमाल पहाड र तराइकाे समान बिकास गराउन र सबै क्षेत्रमा बसाेबास गर्ने सबैजातजाती , धर्म , लिंग , संस्कृति, मान्ने नेपालीहरुमा सहभागिता मूलक राज्य नीतिको आवस्यकतापर्छ।यहि समानुपातिक, सुशासन, संघीयता, समृद्धि ,जनसहभागितामुलक बिकास हुदै समाजवादकोयात्रा जसपा पाटी स्पष्टका साथ लिएको छ । यी प्रभावकारी र वैज्ञानिक एजेण्डाहरू देखेर पुराना पार्टीहरू डराएर विभिन्न आरोप लगाउने गर्छ। कुकुर भुक्दै गर्छ हात्ति शहर पस्दै गर्छ।

वास्तविक परिभाषा र सहभागिताको अनुपात हेर्ने नै हो भनि राष्ट्रिय पाटी जनता समाजवादी पार्टी नेपाल हो।सबै जातजाति ,वर्ग, धर्म , समुदाय, महिला, हिमाली, पाहडी , तराईको प्रतिनिधित्व गर्ने पाटी भनेकाे जसपा पाटी हाे । जसलाई उहाँहरुकाे नजरमा जातिय पाटी ,क्षेत्रिय पाटी देख्छ । जुन खाले एकात्मक नेतृत्व हिजो देखि आफैले गरिरहेकाे छ । यो नेकपा र नेका चाही वास्तविक क्षेत्रीय पार्टी हो।क्षे‌त्रिय राजनीति गरेर राष्ट्रिय पार्टीको ध्वास दिने राजनीतिक दलहरू नेकपा र नेका लाई एकल जात र पाहडी क्षेत्रको मात्र राजनीतिक गर्नेहरूलाई अब चुनाैती समेत दिन चाहन्छु । अहिले नत चुनाबी माहाैल छ न त सहज माहाैल नै छ यस्ताे परिस्थितिमा समेत जनता आफै सचेत भएर जसपा पाटीकाे एजेण्डा अनि सिद्धान्तलाई माया गरेर पार्टी प्रवेश गर्ने लहर बढ्दो छ। सामाजिक संजालहरुमा देखिरहेका छौ। लामाे समयपछि जनताले कुन राजनैतिक शक्ति जनताप्रति कति वफादारी छ भन्ने मुल्यांकन गरेर स्वस्फुर्त रुपमा निरन्तर पार्टी प्रवेश गर्ने माहोल चल्दैछ। #प्रवासमा रहेका युवाहरु किन नेपाली राजनीतिदेखि बितृष्णा देखिन्छन ? प्रवासमा रहेका युवाहरु संख्यात्मक रुपमा तुलना गर्ने हाे भने राजनीति प्रति चाँसाे दिने युवाहरु अत्यन्तै न्युन रहेकाे पाउछाैं। कमजोर आर्थिक अवस्था ,पारिबारिक भविष्य तथा राेजगार लगायत अन्य कारणले विदेशीयका युवाहरूमा अवस्ये पनि राजनीतिकप्रति कम चासाे भएकाे हुन सक्छ। जापानकाे शन्दर्भमा यो केस लागु नहुने कुरै भएन।सामाजिक संस्था तथा राजनैतिक संगठनहरूमा युवाहरुकाे सहभागिता न्युन पाइरहकाे छौं ।राजनीतिक आस्था राख्ने युवाहरु भए पनि कार्य व्यस्तताको कारण युवाहरू कम चासो दिएको हुन्छ । अर्को पक्ष विशेष गरी १० वर्षे जनयुद्ध पछिकाे राजनैतिक घटनाक्रम र त्यसैको उथलपुथलले प्रवासीना वाध्या पारिएको नेतृत्वका कारण अधिकांश युवाहरुकाे मानसिकतामा गलत प्रभाव पारेकाे हुन सक्छ । किनकि त्यो बखत अधिकांश युवाहरूले अब देशमै केही हुन्छ केहि गर्न सकिन्छ भनेर ठुलाे आशा गरेका थिए त्यो पुरा नभएपछि राजनितिक भनेकाे छलकपट र फाेहाेरी खेल रहेछ । भ्रष्टाचार ,अराजकता अनियमितता ,नाताबाद ,कृपाबादकाे प्रयोग भन्दा अरू नेपाली राजनीतिकमा केही परिवर्तन देखिएन।यसैको प्रभाव युवाहरुमाझा परेको हुन सक्छ। फलत : प्रवासमा पनि युवाहरू राजनितिकप्रति चासाे नदिएकाे हाे भन्न सकिन्छ ।केही युवाहरू भने समाज र देशको मुहार हामीले फेर्ने हो भन्ने भावनाको साथ विभिन्न राजनीतिक विचारमा प्रवासबाट पनि श- शक्ता रूपमा रचनात्मक भुमिका खेल्दै छ। खेल्ने छ। अन्तमा : हिन्दु धर्मावलम्बीहरूको महान चाड बिजय दशमी , शुभ दिपावली, नेपाल संम्बत (११४१) र छठ पर्वकाे अवसरमा देश तथा विदेशमा रहनु हुने नेपालीजनहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको एकमुष्ट शुभकामना ब्यक्त गर्दछु

नोटः लेखक जनता समाजवादी पार्टी जापान शाखाका महासचिव हुन ।


सम्बन्धित शीर्षकहरु

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

मानाडो - इन्डोनेसियाको सुलावेसी टापुबाट आइतबार सयौं मानिसहरू बोकेको एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले…

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

प्रतिकृयाहरू
...