Saturday 30th May 2026

कुवेतलाइ कर्मथलो बनाइ स्वदेश फर्किएका कलमकर्मी शिवाको कोरोनाको कारण निधन


तीतोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाइ कर्मथलो बनाइ केहि वर्ष कार्यारत रहि स्वदेशमै केहि गर्ने सोचका साथ नेपाल फर्किएका कलमकर्मी गोपाल शिवाको कोरोनाको कारण ज्यान गएको छ । शिवा केहि दिन देखि कोरोना संक्रमित भइ उपचाररत रहेकोमा गत सोमबार राती उपचारको क्रममा उनको निधन भएको हो ।

अत्यन्त मिलनसार, मृदुभाषी सामाजिक अभियन्ताको रूपमा चिनिएका शिवा कुवेतमा रहँदा  एक कलमकर्मीको रूपमा हाम्रोसंचार डट कमको प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघको सह-सचिव पदमा कार्यारत रहंदै स्वदेश फर्किएका थिए ।

काठमाडाैंको पेप्सीकोला घर भएका शिवाले केहि दिन अघि मात्रै अाफू र श्रीमती दुबैलाइ कोभिड-१९ पोजिटिभ देखिएकोले अाफूसँग सम्पर्कमा अाएका सबैलाइ कोरोना परिक्षण गर्न अाग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका शिवाको कार्तिक १० गते दशैंको टीकाको दिन राती ११ बजे निधन भएको हो ।

केहि दिन अघि उनले फेसबुकमा पोष्ट गरेको स्ट्याटसः

 


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिका र इरानबीच एउटा नयाँ सम्झौताका लागि सहमति जुटेको खबर सार्वजनिक भएको छ । प्राप्त विवरणहरूका अनुसार यस सम्झौतामा जारी…

अमेरिका र इरानबीच तनाव चर्किँदै जाँदा अमेरिकीले इरानको बन्दर अब्बासमा आक्रमण गरेपछि इरानले प्रतिकार स्वरूप कुवेततर्फ मिसाइल र ड्रोन हमला…

श्रीलंका सरकारले नेपाली नागरिकका लागि निःशुल्क पर्यटक भिसा (ETA) सुविधा घोषणा गरेको छ। काठमाडौंस्थित श्रीलंकन दुतावासले  जारी गरेको सूचनाअनुसार २५…

प्रतिकृयाहरू
...