Monday 29th April 2024

कुवेतलाइ कर्मथलो बनाइ स्वदेश फर्किएका कलमकर्मी शिवाको कोरोनाको कारण निधन


तीतोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाइ कर्मथलो बनाइ केहि वर्ष कार्यारत रहि स्वदेशमै केहि गर्ने सोचका साथ नेपाल फर्किएका कलमकर्मी गोपाल शिवाको कोरोनाको कारण ज्यान गएको छ । शिवा केहि दिन देखि कोरोना संक्रमित भइ उपचाररत रहेकोमा गत सोमबार राती उपचारको क्रममा उनको निधन भएको हो ।

अत्यन्त मिलनसार, मृदुभाषी सामाजिक अभियन्ताको रूपमा चिनिएका शिवा कुवेतमा रहँदा  एक कलमकर्मीको रूपमा हाम्रोसंचार डट कमको प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघको सह-सचिव पदमा कार्यारत रहंदै स्वदेश फर्किएका थिए ।

काठमाडाैंको पेप्सीकोला घर भएका शिवाले केहि दिन अघि मात्रै अाफू र श्रीमती दुबैलाइ कोभिड-१९ पोजिटिभ देखिएकोले अाफूसँग सम्पर्कमा अाएका सबैलाइ कोरोना परिक्षण गर्न अाग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका शिवाको कार्तिक १० गते दशैंको टीकाको दिन राती ११ बजे निधन भएको हो ।

केहि दिन अघि उनले फेसबुकमा पोष्ट गरेको स्ट्याटसः

 


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...