Thursday 8th October 2026

कोरोनाले साँघुरियो यस पालिको दशैं


तीतोपाटी – नेपालीहरूको सबैभन्दा ठुलो चाडको रूपमा मानिएको बडा दसैं यस वर्ष कोरोना महामारीको कारण त्यति उल्लासमय बनेन ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवास शीतल निवासमा विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा लगाइन् ।

त्यसै गरि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । यसपालि प्रधानमन्त्री ओलीका बुबा झापामा रहेकोले प्रधानमन्त्री स्वयंले आफ्ना बुबासँग टीका लगाउन पाएनन् ।

भिभिआइपी मात्रै नभएर सर्वसाधारणका घर घरमा पनि यस पालिको दसैंमा राैनक छाएन । परदेशमा रहने त परदेशमै रहे स्वदेशमै रहेकाहरू पनि परिवारजन र  इष्टिमित्रसँग भेटघाट गर्न जान पाएनन् ।

नेपाली समाजमा अरू समयमा सम्भव नभए पनि वर्षको एक पटक मान्यजनका घरघरमा गएर मान्यजनबाट टीका, जमरा र अाशिर्वाद ग्रहण गर्ने यो परम्परा यस वर्ष भने कायम रहन सकेन । कोरोना संक्रमणको त्रासको कारण जो जहाँ छन् त्यहीँबाट दसैं मनाउन सरकारले उर्दी नै जारी गरे पछि राष्ट्रप्रमुख देखि सर्वसाधारणले सामान्य रूपमा दशैं मनाए ।

वर्षको एक पटक खुल्ने तलेजु भवानीको मन्दिर समेत यस पटक खुलेन । राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा लगायतले सर्वसाधारणलाइ टीका जमरा लगाइदिने कार्यक्रम समेत हुन सकेन ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...