Thursday 29th October 2026

ब्यङ्ग्य कविताः बाँदरको गुट – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


मलाई पनि यौटा गुट खोलौँ खोलौँ लाग्यो।
उस्तै उस्तै बाँदरहरु जोडौँ जोडौँ लाग्यो।
मान्छे जाति आएदेखि धपाउनु पर्छ ।
यो जातिले हाम्रो कामको सारै निन्दा गर्छ ।१। 🌷🙏🌺🌷

भनिकन बाँदरहरु संगठनमा जुटे।
बाँदर मात्र अटाएका मान्छेहरु छुटे।
कताबाट बाँदरहरु नौलो बाँदर भेटी।
उसको लागि बाँदरहरु गरे मरी मेटी ।२। 🌷🙏🌺🌷

ढोग गरी पाउ परी आफ्नै गुटमा लगे
लगिकन बाँदर मन्त्र घोकाउन लागे।
बाँदर रुप लिईकन आएको त्यो मान्छे।
देखेर नै छक्क दङ्ग बाँदर हुँदा भान्से ।३। 🌷🙏🌺🌷

बाँदर रुप मानवले विरोध गर्न थाल्यो।
नराम्रा ती कुकर्मको पोल खुली हाल्यो ।
डराएका बाँदरहरु षडयन्त्रमा लागे।
एक दुई वाँदरहरु डराएरै भागे।४। 🌷🙏🌺🌷

बाँदर रुपी मान्छेलाई सारै कष्ट भयो।
बाँदरको स्वभाव त्यो सहिनसक्नु लाग्यो।
मान्छे रुपी एक्लो हुँदा बाँदरहरुले हेपे ।
इज्जत सबै लुटे अनि त्यहाँबाट खेदे ।५। 🌷🙏🌺🌷

मान्छे गई मान्छेको समुहमा मिल्यो।
बाँदरहरु खुशी भए मनोमानी भयो।
बाँदरले मान्छे निको नमानेको देखेँ।
दुवै पक्ष खुशी देख्दा यो कविता लेखेँ ।६। 🌷🙏🌺🌷

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺🌷


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...