Thursday 22nd October 2026

नेपालमा आज ३५५६ कोरोना संक्रमणको पुष्टि १ लाख १५ हजार ३३८ पुगे संक्रमित


तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३३८ जना पुगेको छ।

हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। आज १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

आज १५ हजार ५७७ जनाको कोरोना परीक्षण भएको छ। नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या १२ लाख ७ हजार ९१ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १२९ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...