Wednesday 9th September 2026

७ महिनादेखि युएईमा अलपत्र १५ नेपालीको उद्धार


तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित ७ महिनादेखि अलपत्र परेका १७ नेपालीमध्ये १५ जना नेपालीको उद्धार गरी स्वदेश फर्काउने तयारी गरिएको छ।

उनीहरुको पिसीआरसमेत परीक्षण भइसकेको र केही दिनमै स्वदेश फर्काइने एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले बताए।

२ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुलाई कोरोनाको कारण देखाउँदै कम्पनीले करार अवधि अगावै भिसा रद्ध गरी एक्जिट भिसा लगाइदिएको थियो। तर आफूसँग टिकट काट्ने पैसा नहुँदा उनीहरु स्वदेश फर्कन पाएका थिएनन्।

कम्पनीले कामबाट निकालेर खानसमेत नदिएपछि समस्यामा परेका उनीहरुलाई केही महिनादेखि एनआरएनए युएईले खाद्यान्न सहयोग गर्दै आएको थियो। एनआरएनए युएई तथा विभिन्न व्यक्ति र संघसंस्थाको पहलमा समस्यामा परेका १७ जनालाई स्वदेश फर्काउन गत १० अगस्टका लागि टिकट समेत काटिसकिएको थियो।

साभार नेपाललाइभबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...