Wednesday 28th October 2026

पुर्वअर्थमन्त्री खतिवडा अमेरिकाको राजदुतमा सिफारिस


सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै लोकदर्शन रेग्मीले मुख्यसचिवकाे पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गरेपछि बैरागीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

त्यसैगरी, सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यसचिवबाट राजीनामा गरेका रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...