Saturday 30th May 2026

नेपालमा एकै दिन १८९३ जना कोरोना संक्रमित निको भए, थप ७ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ११७२ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा १८९३ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ६७८०४ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १७४१४ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ४३६ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल ४९९५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा एक जना महिला तथा ६ जना पुरूष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ९ लाख ४४ हजार ४ सय ७४ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार १ सय ४ जना रहेका छन् भने आइसियुमा २२० जना र भेन्टिलेटरमा ४३ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ९१८६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८२२८ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ३ करोड १८ लाख २९ हजार भन्दा बढि संक्रमित भइ २ करोड ३४ लाख ३१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ७६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

भारतको रक्षा मन्त्रालयले आफ्नो पाँचौं पुस्ताको स्वदेशी स्टेल्थ लडाकु विमान कार्यक्रम Advanced Medium Combat Aircraft (AMCA) अन्तर्गत पाँच उडानयोग्य प्रोटोटाइप…

वास्तवमा परिवारका सदस्यहरूले बिउ राख्ने, सिँचाइ गर्ने, खेतको रेखदेख गर्ने, मल हाल्ने, रोग–किरा नियन्त्रण गर्ने लगायतका काममा सयौं घण्टा श्रम…

प्रतिकृयाहरू
...