Friday 11th September 2026

नेपालमा कोरोनाबाट विगत २४ घण्टामा १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यो संख्या कोरोनाको कारण दैनिक ज्यान गुमाउनेको संख्या अहिले सम्म कै उच्च हो । याेसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र १३ जना पुरुष रहेको बताए ।

मृतकहरू विभिन्न ११ जिल्लाका महिाल तथा पुरूषहरू रहेका छन् । मृत्यु हुने महिलाहरूमा मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाका ५२ वर्षीया गरी ३ जना महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ ।

त्यसै गरि पुरूषहरूमा काठमाडौँका ५८ वर्षीय र ७३ वर्षीया, बाँकेका ५० र ५९ वर्षीय , भक्तपुरका ८४ र ६२ वर्षीय, झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी १३ जना पुरुषको मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...