Thursday 13th November 2025

नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार नाघ्यो, थप १६ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ११५४ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा १००५ जना निको भएका छन् भने थप १६ जनाको मृत्यु भएको छ । यो संख्या दैनिक मृत्यु भएकाहरू मध्ये अहिले सम्मकै अधिक हो ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ६५२७६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १७६११ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ४२७ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल ४७२३८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा विभिन्न ११ जिल्लाका ३ महिला र १३ पुरूष गरि १६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ९ लाख २३ हजार ८ सय २३ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार ४ सय ०३ जना रहेका छन् भने आइसियुमा १९६ जना र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ८६९० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८९२१ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ३ करोड १२ लाख ७३ हजार भन्दा बढि संक्रमित भइ २ करोड २८ लाख ५१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ६५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...