Friday 11th September 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु, मर्नेको कुल संख्या ३६० पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १५ को मृत्यु भएको छ । यो संख्या दैनिक मृत्यु हुनेहरूको संख्या अहिले सम्मकै अत्याधिक हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको बताए । मर्नेहरू विभिन्न ९ जिल्लाका छन् भने काठमाडाैँका मात्रै ६ जनाको मृत्यु भएको छ ।

मृतक महिलामा काठमाडौँकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीका ६२ वर्षीया, पर्साकी ५५ वर्षीया, कपिलवस्तुकी ४७ वर्षीया रहेका छन् ।

त्यसै गरि मृतक पुरुषहरूमा मोरङका २ जना ४० वर्षीय र ७० वर्षीय पुरुष,काठमाडौँका ५ पुरुष ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीय पुरूष, ललितपुरका ५५ वर्षीय पुरूष, भक्तपुरका ७३ वर्षीय पुरूष र रामेछापका २३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।

 


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...