Wednesday 26th August 2026

तपार्इं कस्तो मुद्रामा सुत्नुहुन्छ ? सुत्ने मुद्राले हुने लाभहरू


तितोपाटी – तपाईं सुत्दा कुन मुद्रामा सुत्ने गर्नुहुन्छ ? जुन मन लाग्छ त्यहीचाहिँ नभन्नुहोला । यद्यपि सुत्ने तरिका व्यक्ति अनुसार फरक हुन सक्छ । बिर्सन नहुने कुरो के हो भने, सुताइको मुद्राले स्वास्थ्यमा सकारात्मक वा नकारात्मक प्रभाव पार्ने गर्छ । त्यसैले यसमा सचेतता अपेक्षित मानिन्छ ।

सुत्दा देब्रे कोल्टो फेरेर सुत्नु फाइदाजनक हुन्छ । यसरी सुत्दा हाम्रो शरीरमा जम्मा भएको/हुने विषाक्त पदार्थ बिस्तारै लिम्फेटिक प्रणालीद्वारा बाहिर निस्किन्छ । यति मात्र नभई, देब्रेतर्फ फर्केर सुत्दा हाम्रो कलेजोमा कुनै दबाब पर्दैन ।

यसले गर्दा पाचनतन्त्रले आराम पाउने गर्छ । अनि हामी राति सुतेका बेला पेट र प्यांक्रियाजले खाना पचाउने काम सजिलै गर्न सक्छन् । देब्रे कोल्टो सुत्दा प्यांक्रियाजबाट एन्जाइम ठीक समयमा निस्किन पाउँछ । अर्कातिर, यसरी सुत्दा शरीरमा रक्तसञ्चार राम्रो किसिमले हुने गर्छ र निद्रासमेत राम्ररी लाग्छ । यसरी सुत्दा थकाइ अनुभव हुन पाउँदैन ।

देब्रे कोल्टो सुत्दा पेटको एसिड माथितर्फ (मुखतिर) नगई तलतिरै बस्छ । यसले गर्दा एसिडिटी वा छातीमा जलनको समस्या हुन पाउँदैन ।

देब्रेतर्फको सुताइका कारण हामीले खाएको भोजन सानो आन्द्राबाट ठुलो आन्द्रासम्म आरामले जान सक्छ । यसैले बिहान पेट सजिलै सफा हुन्छ । गर्भवतीहरूले समेत देब्रे कोल्टो सुत्नु निकै उत्तम मानिन्छ ।


सम्बन्धित शीर्षकहरु

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज…

प्रतिकृयाहरू
...