Thursday 18th June 2026

बेल्जियमलार्इ हराउँदै फ्रान्स पुग्यो फाइनलमा


तितोपाटी – रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्स प्रवेश गरेको छ । मंगलबार भएको सेमीफाइनलको खेलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधिनजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले गोल गरेका थिए । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा २००६ यता पहिलो पटक सेमिफाइलनमा पुगेको फ्रान्सलाई फाइनलमा पुर्याउन त्यही गोल नै पर्याप्त भयो ।

फ्रान्स सन् १९९८ र सन् २००६ मा फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो ।

यस जितसँगै फ्रान्सले जुलाई १५ मा हुने विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ । फ्रान्सले अब दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकप उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...