Wednesday 22nd July 2026

विश्वभर कोरोना संक्रमित २ करोड ५० लाख नाघे, ८ लाख ४३ हजार बढिको मृत्यु


तितोपाटी – विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २ कडाेड ५० लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार शनिबार अपरान्ह सम्म संक्रमितकाे संख्या २ कराेड ५० लाख १६ हजार ७ सय ६ पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ८ लाख ४३ हजार नाधेको छ भने कुल सङ्क्रमितमध्ये १ कराेड ७३ लाख ८२ हजार भन्दा बढि उपचारपछि घर फर्किएका छन् ।

हाल ६७ लाख ९० हजार भन्दा बढि सकृय संक्रमित छन् भने ६१ हजार भन्दा बढि गम्भीर अबस्थामा रहेका छन् ।

अहिले सम्म सबै भन्दा बढि संक्रमित रहेको अमेरिकामा ६१ लाख ११ हजार भन्दा बढि संक्रमित भइ ३३ लाख ७८ हजार भन्दा बढि निको भएका छन भने १ लाख ८६ हजार भन्दा बढीको ज्यान गएको छ । दोश्रो नं. मा रहेको ब्राजिलमा ३८ लाख १२ हजार भन्दा बढी संक्रमित भइ २९ लाख ७६ हजार भन्दा बढि निको भइ १ लाख १९ हजर भन्दा बढिको ज्यान गएको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको भारतमा अहिले सम्म ३५ लाख १३ हजार भन्दा बढि संक्रमित भएका छन् भने २६ लाख ९१ हजार भन्दा बढि निको भइ ६३ हजार भन्दा बढिको ज्यान गएको छ ।

संक्रमणको कारण धेरै मानिसहरूले ज्यान गुमाएका देशहरूमा अमेरिका र ब्राजिल पछि भारत र मेक्सिको रहेका छन् । यी दुबै देशमा ६३ हजार भन्दा बढि मानिसहरूको ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...