Sunday 12th July 2026

नेपालमा कोरोनाको कारण एकै दिन ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने अहिले सम्म कोरोनाको कारण मर्नेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा जनाए अनुसार मृतकहरू काभ्रे, नवलपरासी, मोरङ, बाँके, धनुषा र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् ।

मुत्यु हुनेहरूको विवरण यस प्रकार रहेको छः

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका घर काठमाण्डू बानेश्वर निवासी ८९ वर्षीय एक पुरुषको भाद्र १ गते राति धुलिखेल अस्पतालमा निधन भएको थियो। उनलाई दम तथा पिसावसम्बन्धी समस्या भई साउन २८ गते धुलिखेलमा भर्ना गरिको थियो। उनमा साउन २७ गते कोभिड-१९ पुष्टि भएको थियो।

नवलपरासी जिल्लाको रामग्राम निवासी ३७ वर्षीय पुरुषको भाद्र २ गते बिहान ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान निधन भएको हो। उनलाई कडा निमोनिया तथा हाइपोथाइरोडिजम भई साउन ३० गते पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनलाई साउन २९ गते कोभिड-१९ पुष्टि भएको थियो।

मोरङ जिल्लाको विराटनगर निवासी ४७ वर्षीय पुरुषको भाद्र १ गते कोशी अस्पतालमा निधन भएको हो। क्षयरोग भएका ती व्यक्ति ज्वरो, निमोनिया तथा श्वासप्रश्वासमा समस्या भई साउन ३२ गते कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। भाद्र १ गते परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो।

बाँके जिल्लाको नेपालगन्ज निवासी ६२ वर्षीय पुरुषको भाद्र १ गते राति नेपालगन्ज मेडिकल कलेजमा निधन भएको थियो। उनलाई ज्वरो, निमोनिया तथा श्वासप्रश्वासमा समस्या भई साउन ३२ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको भाद्र १ गते नमुना सङ्कलन गरी परीक्षण गर्दा सोही दिन कोभिड-१९ पुष्टि भएको थियो।

धनुषा जिल्लाको धनौजी निवासी ६५ वर्षीय पुरुषको भाद्र १ गते प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। उनी पनि श्वासप्रश्वासमा समस्या आई साउन ३० गते अस्पताल गएका थिए। उनको साउन २६ गते सङ्कलन भएकोमा साउन ३० गते कोभिड-१९ पुष्टि भएको थियो। उनी मोटोपनबाट पनि ग्रसित थिए।

कास्कीको पोखरा निवासी ८७ वर्षीय पुरुषको भाद्र २ गते बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो। उनी मधुमेह तथा मिर्गौलाको समस्याबाट पीडित थिए। भाद्र १ गते अस्पलाम भर्ना भएका थिए। उनको साउन ३२ गते नमुना सङ्कलन गरी परिक्षण गर्दा भाद्र १ गते कोभिड-१९ पुष्टि भएको थियो।

तनहुँ जिल्लाको व्यास नगरपालिका निवासी ५० वर्षीया महिलाको भाद्र १ गते राति पोखरास्थित सेवा अस्पतालमा निधन भएको थियो। उनी ज्वरो, निमोनिया तथा श्वासप्रश्वासमा समस्या भई साउन ३२ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनको भाद्र १ गते सङ्कलन गरी परीक्षण गर्दा सोही दिन कोभिड-१९ पुष्टि भएको थियो। उनी मधुमेह, उच्च रक्तचाप तथा दमसम्बन्धी रोगबाट पीडित थिइन्।


सम्बन्धित शीर्षकहरु

इरानले अमेरिकी अधिकारीहरूलाई हालैका केही समुद्री घटनाबारे स्पष्टीकरण दिँदै ती आक्रमणहरू जानाजानी नभई हतियार प्रणालीको एउटा “त्रुटिपूर्ण (errant) भाग” का…

अमेरिकाले इरानलाई परमाणु गतिविधि अघि बढाउनबाट रोक्न आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको जनाएको छ। वासिङ्टनले तेहरानमाथि दबाब बढाउँदै…

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

प्रतिकृयाहरू
...