Monday 4th August 2025

राष्ट्रिय झण्डा जलाएको गीतको भिडियो खिच्ने ब्यक्ति पक्राउ


तितोपाटी – झन्डा जलाउने म्यूजिक भिडियोको सुटिङ भिडियो खिच्ने टिमका क्यामेरा पर्सन इसाक लिम्बु नखिपोटबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई मंगलबार नखिपोटबाट नियन्त्रणमा लिएको हो भने उक्त भिडियो बनाउने टिमका गायक गेल्जङ दोर्जे तामाङ लगायत अन्य फरार ब्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

उक्त गीत मकवानपुरको एक स्कुलमा सुटिङ गरिएको थियो । भिडियोमा गायक तामाङले झण्डा जलाएका छन् भने जातिमाथि अभद्र शब्द प्रयोग गरेका छन् । युट्युवमा हाले लगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका थिए ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार उनीहरुलाई मुद्दा चलाउने भएको छ । झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउन पाइँदैन । यो कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...