Tuesday 16th December 2025

गंगामायाद्वारा अनसन तोड्न अस्वीकार


छोराको हत्यारालाई कारवाही गनुपर्ने माग गर्दै अनसन बसेकी गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् ।

कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु सोमबार गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनसन तोड्न आग्रह गरेपनि गंगामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् ।

छविलाललाई पक्राउ गरेकोमा धन्यवाद दिएकी उनले गोली हान्ने रुद्र आचार्यलाई समेत पक्राउ गर्नुपर्ने माग गरिन् । आचार्य फरार छन् । उनको खोजीका लागि प्रहरीले इन्टरपोलमा सूचना जारी गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...