९ जनाको जिवितै उद्दार, गम्भीर घाइते ५ जनालाइ सेनाको हेलिकोप्टरबाट काठमाडाैं ल्याइयो
सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साढे ६ बजे अविरल वर्षासँगै आएको पहिरोमा परेर कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन् । पहिरोले २८ घर पुरेको छ । नौ जना घाइते भएका छन् । गम्भीर घाइते भएका ५ जनालाइ सेनाको हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडाैं ल्याइएको छ ।
घटनास्थलमा स्थानीय जनता, जनप्रतिनिधि, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले उद्दार कार्य अगाडि बढाएका छन् । यसै बिच सभामुख अग्निप्रसाद सापकोटा पहिरो निरीक्षणका लागि सिन्धुपाल्चोकको लिदी पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रको निरीक्षणका लागि गएका हुन् ।
१७२ घर धुरी भएको लिदी गाउँमा २८ घरका ३५ मानिस पहिरोले पुरिएको भने पनि घटनाको पूर्ण विवरण आउन बाँकी नै छ तर स्थानीयको भनाइ अनुसार कम्तीमा ४० घर पुरिएका छन् । त्यतिकै संख्यामा मानिस पनि पुरिएको अनुमान छ । ठूलो पहिरो गएको र गाउँको बीचमा भएकोले यथार्थ खुल्न बाँकी छ ।
पहिरोको उच्च जोखिममा सिन्धुपाल्चोकका विभिन्न स्थानमा रहेका यसअघि पनि पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।