Saturday 24th October 2026

नेपालमा कोरोना संक्रमितको संख्या २४४३२ पुग्यो, १६७२८ निको भए


तितोपाटी – नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४४३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ७६१३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर घर फर्केका छन् भने अहिले सम्मकै सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल १६७२८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७्९ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ७३ हजार  १ सय ७९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १४ हजार ८ सय ४६ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ५ लाख ८५ हजार भन्दा बढि संक्रमित भइ १ करोड ३४ लाख ९१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ४७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...