Saturday 31st October 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


भोग्नै पर्यो भावीले जो लेखेपछि निधारमा ।
पिडा दायी चिन्हहरू भेटेपछि निधारमा ।
किन यस्तो देख्छ हाम्रो समाजको आँखाले
अभागी हो भन्ने गर्छन् चोट देखेपछि निधारमा ।

आज भोली माहामारी बढेपछि कोरोनाको ।
दिन दिनै मृत्यु मिटर चढेपछि कोरोनाको ।
कस्तो बेला अायो मान्छे मान्छे सँग डराउने
चिन्ता झनै मनमा त्रास गढेपछि कोरोनाको ।

मौन किन भयौ नदी तालमा मिलाए सरि ।
गोधुलीमा रवि किरण नभमै बिलाए सरि ।
प्रतिशोधको ज्वाला माथि बनावटी हाँसो
काखमा राखी आफ्नै हातले बिष पिलाए सरि ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...