Tuesday 29th September 2026

विश्वभर एक करोड २५ लाखभन्दा बढी कोरोना संक्रमित निको भए


तितोपाटी – विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् ।  निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने ६२ लाख ७५ हजार ८४ मात्र छ ।संक्रमितमध्ये ६४ हजार नौ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार एक सय ८६ जनाको  मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।  डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना संक्रमित छन् । याे प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार एक सय चारजनाको मृत्यु भइसकेको छ ।दक्षिण अमेरिकामा ४६ लाख २५ हजार चार सय ५४ जना संक्रमित छन् । यहाँ एक लाख ५६ हजार आठ सय तीनजनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख ९६ हजार चार सय दुईजना संक्रमित छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख १० हजार पाँच सय १० जना कोरोना संक्रमितमध्ये भएकोमा दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ ।एसियामा ४८ लाख ६८ हजार सात सय ४६ जनामा कोरोना संक्रमण छ । यहाँ एक लाख ६ हजार सात सय ४२ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख २५ हजार चार सय ६४ जनामा संक्रमित भएका छन भने २२ हजार पाँच सय ५३ जनाको मृत्यु भएको छ ।  ओसियानामा २२ हजार पाँच सय ७२ जना संक्रमित भएको र तीन सय चारजनाको मृत्यु भएको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...