Wednesday 12th August 2026

गाईजात्रा विशेष मुक्तकहरू -राम भण्डारी


अस्तिको बर्खे भेल जस्तै बग्यो नेता रहेछ ।
भावनमा सबैलाई डुबाएर ठग्यो नेता रहेछ ।
कस्तो नाटक जानेको हो जनता चिप्ल्याउन
हाँस्दै हाँस्दै दाउ अाफ्नैतिर लग्यो नेता रहेछ ।

आईयो कहाँ बाट जाने कहाँ हो खोजी छैन ।
जे पाईयो जिवनमा केहि छाडी रोजी छैन ।
मानिसले किन बिर्सन्छन् थाहा भएर पनि
मरेपछि ओढाईने कात्रोमा कुनै गोजी छैन ।

तिमीलाई खोजें अस्ति गाउँमा भेटियो ।
अर्को दिन पैसा जोख्ने ठाउँमा भेटियो ।
धनको लागि त ईमान र जमान बेच्यौ
त्यसैले आज भ्रष्टाचारीको नाउँमा भेटियो ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...