Wednesday 17th December 2025

गाईजात्रा विशेष मुक्तकहरू -राम भण्डारी


अस्तिको बर्खे भेल जस्तै बग्यो नेता रहेछ ।
भावनमा सबैलाई डुबाएर ठग्यो नेता रहेछ ।
कस्तो नाटक जानेको हो जनता चिप्ल्याउन
हाँस्दै हाँस्दै दाउ अाफ्नैतिर लग्यो नेता रहेछ ।

आईयो कहाँ बाट जाने कहाँ हो खोजी छैन ।
जे पाईयो जिवनमा केहि छाडी रोजी छैन ।
मानिसले किन बिर्सन्छन् थाहा भएर पनि
मरेपछि ओढाईने कात्रोमा कुनै गोजी छैन ।

तिमीलाई खोजें अस्ति गाउँमा भेटियो ।
अर्को दिन पैसा जोख्ने ठाउँमा भेटियो ।
धनको लागि त ईमान र जमान बेच्यौ
त्यसैले आज भ्रष्टाचारीको नाउँमा भेटियो ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...