Monday 13th July 2026

पोर्चुगलमा रेलले कारलाई ठक्कर दियो, एकको मृत्‍यु


गणेश पाण्डे-जीएनएन-पोर्चुगल- पोर्चुगलको लिरियामा यात्रुवाहक रेलले कारलाई ठक्कर दिदा एकको मृत्यु भएको छ। लिरिया नजिकै गंदारामा शनिवार बेलुका करिब ५ बजेर ३० मिनेट जादा यात्रुवाहक रेल र कार एक आपसमा ठोक्किदा कार हावामा उछालिएको थियो।

मृतक करिब ४० बर्षका युवा भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनाका कारण दिनभरी पश्चिम रेल सेवा अवरुद्ध भएको थियो। घटनमा अन्य कोही पनि घाइते नभएको तर रेल पटरीबाट बाहिर गरेको सम्बद्ध अधिकारीहरुले बताएका छन्।

उक्त रेल काल्दास दा रैनाबाट कोइम्ब्राका लागि छुटेको थियो। घटना पश्चात उद्धारका लागि ५ एम्बुलेन्स सेवा र १२ जना उद्धारकर्मीहरु परिचालन गरिएको थियो।

शुक्रवार मात्रै कॊइम्ब्रामा भएको अर्को यात्रुवाहक रेल दुर्घटनामा २ को मृत्यु र ५० जना भन्दा बढी घाइते भएका थिए।


सम्बन्धित शीर्षकहरु

एक वर्षमा सडक दुर्घटनाभन्दा तीन गुणा बढी आत्महत्या, तथ्यांकले देखायो गम्भीर सामाजिक संकट काठमाडौं । नेपालमा आत्महत्याको घटना सडक दुर्घटनाबाट…

चीनले अमेरिका, फिलिपिन्स, जापान तथा अन्य सहयोगी राष्ट्रहरूले दक्षिण चीन सागरसम्बन्धी जारी गरेको संयुक्त वक्तव्यलाई कडा रूपमा अस्वीकार गरेको छ।…

अमेरिका र इरानबीच युद्ध रोक्ने उद्देश्यले भएको प्रारम्भिक समझदारी लामो समय टिक्न सकेन। केही साताअघि युद्धविराम र वार्ताको वातावरण बने…

प्रतिकृयाहरू
...